गठबन्धनले वैशाख १८ देखि सातै प्रदेशमा चुनावी आमसभा गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ८, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ८,काठमाडौँ । सत्ता गठबन्धनले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी आमसभा गर्ने भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

उक्त सभाहरूलाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जना शीर्ष नेताहरुले सम्बोधन गर्ने गठबन्धनले जनाएको छ । निर्णयअनुसार वैशाख १८ गते धनगढीमा आमसभा हुनेछ भने सोही दिन सुर्खेतमा पनि हुनेछ ।

यस्तै वैशाख १९ गते बुटवल र पोखराका साथै २० गते विराटनगर र जनकपुरमा हुनेछ । यसैगरी २२ गते काठमाडौंमा आमसभा हुनेगरी कार्यक्रम बनाइएको संयन्त्रका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस