नेकपा प्रदेश कमिटी सूची सार्वजनिक, कुन प्रदेशमा कति जना ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर १७, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको प्रदेश कमिटीमा रहनेहरुको नाम सार्वजनिक गरेको छ ।

गत मंसिर १२ गतेको सचिवालय बैठकले टुंगो लगाएका नामहरु सोमबार सार्वजनिक गरिएको हो ।

सातओटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव भने असोज ५ गते नै टुंगो लगाइएको थियो ।

प्रदेश कमिटीमा रहने सदस्यहरु ‘साविक नेकपा एमाले’ र ‘साविक माओवादी केन्द्र’ भनेर किटानीसाथ भागबन्डा मिलाइएको छ ।

जसअनुसार १ नम्बर प्रदेशमा साविक एमालेबाट १२२ र साविक माओवादी केन्द्रबाट ८५ रहेका छन् भने २ नम्बर प्रदेशमा साविक एमालेबाट १०६ र साविक माओवादी केन्द्रबाट १०६ जना रहेका छन् । २ नम्बरमा तीनजना नवप्रवेशी पनि छन् ।

३ नम्बरमा साविक एमालेबाट ११६ र साविक माओवादी केन्द्रबाट १०१ रहेका छन् भने गन्डकी प्रदेश कमिटीमा साविक एमालेबाट १०२ र साविक माओवादी केन्द्रबाट ८५ सदस्य रहेका छन् ।

यस्तै, ५ नम्बर प्रदेशमा साविक एमालेबाट १०६ र साविक माओवादी केन्द्रबाट ९७ जना समितिमा रहेका छन् ।

यस्तै, कर्णाली प्रदेशमा साविक एमालेबाट ८७ र साविक माओवादी केन्द्रबाट ८८ जना तथा सुदूरपश्चिम प्रदेश कमिटीमा साविक एमालेबाट १०० र साविक माओवादी केन्द्रबाट ८३ जना रहेका छन् ।

रामबहादुर थापा र महासचिव विष्णु पौडेल सम्मिलित कार्यदलले बुझाएको नामावलीलाई सचिवालय बैठकले परिमार्जनसहित अनुमोदन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस