उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ९, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख ९, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस