रसुवामा एमालेले उम्मेदवारको टुङ्गो लगायो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख १०, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १०,रसुवा। रसुवामा नेकपा एमालेले गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको टुङ्गो लगाएको छ । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि पार्टीले शुक्रवार उम्मेदवार टुङ्गो लगाएको हो ।

नेकपा एमाले रसुवाले दिएको जानकारी अनुसार उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ, कालीका गाउँपालिकाको अध्यक्षमा कमलनाथ आचार्य, उपाध्यक्षमा अम्बिका भट्ट पौडेल, नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा, उपाध्यक्षमा चन्द्र बहादुर तामाङ चयन भएका छन् ।

यस्तै, गोसाइँकुण्ड गाउँपालिकाको प्रमुखमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, आमाछोदिङ्मो गाउँपालिकाको प्रमुखमा तेब्रेल तामाङ र उपाध्यक्षमा नविना लामा चयन गरिएको पार्टी सचिव जनार्दन ढकालले जानकारी दिए ।

जिल्लामा २०७४ सालको चुनावमा नेकपा एमालेले कालीका र गोसाइँकुण्डमा प्रमुख र पाँचवटै गाउँपालिकामा उपप्रमुख जितेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस