एकीकृत समाजवादीले दुई उपमहानगरमा उम्मेदवार टुंग्यायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १०, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले लुम्बिनीका दुई उपमहानगरमा उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

बुटवल उपमहानगरमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरमा जोगबहादुर रानालाई सिफारिस गरेको नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरीले जानकारी दिए ।

बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका प्रदेश सदस्य तथा बुटवल नगर अध्यक्ष हुन् । २०७४ सालको निर्वाचनमा गुरुङ बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै तुलसीपुरको उपमेयरमा सिफारिस राना नेकपा एसको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज छन् । लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपमेयर पाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस