प्रदेश ५ प्रदेशसभाको बैठक मंसिर २६ मा बस्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ मंसिर १७, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर १७, बुटवल । प्रदेश ५ प्रदेशसभाको बैठक यही मंसिर २६ गते आह्वान गरिने भएको छ।

मन्त्रिपरिषद्को बैठकले मंसिर २६ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाउन प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णय गरेको प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। उनकाअनुसार हिउँदे अधिवेशनमा १५ बढी विधेयकहरू पेस हुनेछन्।

बैठकले प्रदेश सहकारी विधेयक सदनमा पेस गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक खरिदसम्बन्धी कार्यविधि पारित गरेको छ।

दाङ घोराही- ८ ढिकापुर गाउँलाई वडा ९ मा गाभ्नका लागि घोराही उपमहानगरपालिकाबाट आएको प्रस्तावलाई स्वीकृत गर्दै संघमा पठाउने निर्णय पनि गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस