जुम्लामा आगलागीमा परी चार बालवालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख १०, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १०, जुम्ला । जुम्लामा आगलागीमा परी चार बालवालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी भएको हो ।

आगलागीमा परि मानसिंहका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो । मानसिंहका छोरीहरु ११ वर्षीया अनु सार्की र तीन वर्षीया दर्शना सार्की र एक वर्षीय छोरा दीपेश सार्की र उनकी भान्जी १४ वर्षकी तिर्सना सार्कीको आगलागीमा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार शुक्रबार राति सवा ११ बजेतिर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिए पनि प्रहरीलाई पौने १२ बजे खबर पुगेको जानकारी दिए ।

सुचना लगतै जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँसहितको टोली नै घटनास्थल पुगेर घरमा लागेको आगो नियन्त्रण्मा लिएको डिएसपी चण्दले बताए । आगलागीबाट घर को तेस्रो तलासम्म पूर्ण रुपमा क्षति भएको छ

मानसिंह र उनका श्रीमति फागुनी, बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनीहरुको अवस्था सामान्य रहेको डिएसपी चन्दले बताए ।

मृतकहरुको शव पनि पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने भएको छ । आगलागी कसरी भयो भन्ने बारेमा सूचना प्राप्त नभएको डिएसपी चन्दले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस