राप्रपाले ४ महानगरको उम्मेदवार टुंगो लगायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १०, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १०,काठमाडौँ । राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । सो पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ । त्यस्तै राप्रपाले उप मेयरको पनि टुंगो लगाएको छ ।

काठमाडौंको​ उपमेयरमा विनिता मगैया, ललितपुर उपमेयरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा बिना जयसवाल, पोखरामा रञ्जना सेनको नाम टुंगो लागेको छ । बाँकी २ महानगरको आज अबेरसम्म टुंगो लगाइने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस