कस्तो रहनेछ आजको मौसम ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ११, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ११, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस