पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख ११, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ११, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा लेन्ससँग १-१ गोलको बराबरी खेल्दै पीएसजीले उपाधि जितेको हो ।

पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जितेको हो । घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसअघि ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । तर, खेलको ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई १-१ गोलको बराबरीमा फर्काए ।

यस बराबरीसँगै पीएसजीले ३४ खेलमा ७८ अंक जोडेको छ । लेन्स ५४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस