सुनको भाउ तोलामा चार सय रुपैयाँ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख ११, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख ११,काठमाडौँ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ रहेको सुनको भाउ हप्ताको पहिलो दिन आज चार सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । अस्ति जस्तै चाँदी आज तोलामा एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस