एमालेबाट पोखरा महानगरका मेयर उम्मेदवार पौडेलले जब सुन चोरे…….

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख ११, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ११,पोखरा । नेकपा (एमाले) ले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तर‌ंग फैलिएको छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ ।

त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् । केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ । अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ ।

एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले निकालिएको हो । उनको सामाजिक सन्जालमा भिडियोसहित आलोचना भइरहेको छ । यसबारेमा बुझ्न खोज्दा पौडेल सम्पर्कमा आएनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस