विन्दावासिनी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन खुल्ला

बैशाख ११,काठमाडौँ । विन्दावासिनी ​ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ ) आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित कास्की र लमजुङका बासिन्दाका लागि आइतबारबाट १० करोड बराबरको १० लाख कित्ता सेयर जारी गरेको हो । स्थानीयले कम्तीमा १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन भने ढिलोमा २५ गतेसम्म दिन सक्नेछन् ।

एक अर्ब जारी पूँजी भएको कम्पनीले १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर स्थानीयलाई बिक्री गर्नेछ । स्थानीयलाई सेयर बिक्री गरेपछि कम्पनीले आम सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कास्की र लमजुङको सीमानामा बग्ने रुदी खोलामा कम्पनीले दुई वटा क्यासेट प्रोजेक्ट निर्माण गरेकोमा ८।८ मेगावाट क्षमताको रुदी खोला ’ए’ को निर्माण कार्य सकिसकेको छ भने ६।६ मेगावाट क्षमताको रुदी खोला ‘बी’ जलविद्युत आयोजनाको निर्माण कार्य भैरहेको जनाएको छ ।

३१ मार्च २०१६ बाट निर्माण सुरु भएको यो आयोजनाबाट १५ सेप्टेम्बर २०१७ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण निर्माणमा केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply