ढुङ्गेबजार लघु जलविद्युतबाट १५० घरधुरी लाभान्वित

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७५ मंसिर १७, सोमबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १७, डोटी । डोटी जोरायल गाउँपालिका–६ स्थित निर्माणाधीन १८ किलोवाट ढुङ्गेबजार लघु जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण सम्पन्न भएको छ ।

जोरायल गाउँपालिकाको रु सात लाख तथा ६ नंं वडा कार्यालयको रु चार लाख गरी कूल रु ११ लाखको लागतमा सो विद्युत्गृह निर्माण भएको हो । विद्युत पोल तथा तार विस्तार गर्ने कार्य बाँकी रहेको निर्माण समितिका अध्यक्ष टेकबहादुर साउदले बताए।

पोल तथा तार विस्तार गर्ने कार्य सकेपछि आयोजनाबाट उत्पादित विद्युत् बितरण गर्ने बताउँदै उनले उक्त जलविद्युत्बाट ग्वानी, खसरे, गुनड र सिर्सिगाउँका करीब १५० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस