बैशाख १२, काठमाडौँ । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु प्रभाव रहेको छ । हाल प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सोमबार दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।
मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रहने ठानिएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।