बैशाख १२, काठमाडौं । सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन् । सत्ता गठबन्धनमा आबद्ध पाँचमध्ये एक पार्टीकी नेत्रीले यस्तो टिप्पणी गरेकी हुन् ।
आइतबार राति सामाजिक संजालमार्फत ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन् । सत्ता गठबन्धनका नेताहरूबीचको वार्ता र छलफलमा दम्भ देखिएको उनको भनाइ छ ।
उनले ट्विट गर्दै भनेकी छन्, ‘गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन । गठबन्धनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ । हाम्रा वार्ता, संवादमा केही दम्भ देखियो’, उनले लेखेकी छन्, ‘योबीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ, एक दिन यसको हिसाब मिलान गर्नुपर्नेछ । बस १’