फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुअल म्याक्रोँ निर्वाचित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ बैशाख १२, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

बैशाख १२, एजेन्सी । फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुअल म्याक्रोँ निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् ।

म्याक्रोँले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् । म्याक्रोँले ५८.५५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकी पेनले ४१.४५ प्रतिशत मत प्राप्त गरिन् । उनी अतिदक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् ।

चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन् । म्याक्रोँको विजयको युरोपेली नेताहरूले स्वागत गरेका छन् । ‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौँ’, युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लियेनले भनिन् । म्याक्रोँको विजयले युरोपेली नेताहरूलाई राहत पुगेको बताइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले म्याक्रोँलाई बधाई दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस