ललितपुर महानरको मेयरमा चिरिबाबु महर्जनलाई टिकट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १२, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १२, काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई टिकट दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले ललितपुर महानगरको मेयरमा महर्जनलाई उठाउने निर्णय गरेको हो ।

महर्जन २०७४ को स्थानीय तहको निर्वाचनमा पनि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

यस्तै, काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई काँग्रेंसले उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।

शेरबहादुर देउवालाई कांग्रेस सभापतिमा निर्वाचित गर्न निर्णायक भूमिका खेलेका प्रकाशमानलाई गुन तिर्न सभापति देउवाले प्रकाशमान पत्नी सिर्जनालाई काठमाडौंको मेयरमा टिकट दिएको भन्दै इतर समूह रुष्ट छ ।

उनले आज दिउँसो शान्तिबाटिकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं नेताले जानकारी दिएका छन् ।

यस्तै काङ्ग्रेसले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार नागेश कोइरालालाई बनाएको छ । लामो समयको छलफलपछि सोमबार कोइरालालाई काङ्ग्रेसले उम्मेदवार दिएको हो ।

विराटनगरको मेयरमा भीम पराजुली, अृमत अर्याल र डिला संग्रौला दाबेदार थिए । तीन जनालाई पछि पार्दै उनले मेयरका लागि टिकट पाएका हुन् । उनी डाक्टर शेखर कोइराला पक्षका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस