एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरका उम्मेद्‍वार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १२, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १२, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्‍वार टुंग्याएको छ ।

पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्‍ने भएका छन् । पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

समाजवादीले हेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार बनाउने भएको छ । महासचिव बेदुराम भुसालका अनुसार काठमाडौं महानगर र तीन वटा उपमहानगरपलिकामा पनि उपमेयर उम्मेदवारको टुंगो लागेको छ ।

एकीकृत समाजवादीले काठमाडौं महानगर रामेश्वर श्रेष्ठलाई उपमेयरको टिकट दिएको छ ।

इटहरी उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमेयरमा चिनबहादुर गुरुङ र तुल्सीपुर उपमेयरमा जोगबहादुर रानामगरले उम्मेदवारीको टिकट पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस