उम्मेदवारी दर्ताका क्रममा कतै झडप, कतै उम्मेदवारनै कुटिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १२, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १२, काठमाडौँ । स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ताका क्रममा कतिपय ठाउँमा झडप भएको छ । कतिपय स्थानीय तहमा उम्मेदवारले कुटाइ खाएका छन भने कतै कार्यकर्ताले लखेटेका छन् । दलले टिकट दिएका र स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेहरु उग्र बन्दा झडप भएको हो ।

सिन्धुपाल्चोकको चौतारामा उम्मेदवारी दर्ता गर्ने क्रममा झडप भएपछि प्रहरीले अस्रुग्यास प्रहार गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच भएको झडपमा प्रहरीले केही सेल अस्रुयाँस प्रहार गरेको हो ।

माओवादीले कृष्णप्रसाद सापकोटालाई मेयरको टिकट दिएको छ । माओवादी नेता अमानसिंह तामाङले काठमाडौंमा बस्नेलाई टिकट दिएको भन्दै विवाद शुरु भएको थियो ।

यता खोटाङमा भने उम्मेदवार माथि हातपात भएको छ । गठबन्धनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको उम्मेदवार बनेका धर्मराज पोखरेललाई कांग्रेस काकार्यकर्ताले हातपात गरेका हुन् । दिउँसो टिकट लिएर काठमाडौँबाट हेलिप्याडमा दिक्तेल पुगेका पोखरेललाई असन्तुष्ट कांग्रेस कार्यकर्ताले हातपात गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस