शेयर बजारमा पहिरो, कारोबार पनि घट्यो

बैशाख १२, काठमाडौँ । साताको पहिलो दिन आइतबार ह्वात्तै बढेको शेयर बजार आज सोमबार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३४.९५ अंकले घटेर नेप्से परिसूचक २३८६.०१ अंकमा ओर्लिएको छ ।

आज कारोबार रकम पनि घटेको छ । २३९ कम्पनीका ५० लाख ४७ हजार ७ सय ६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार १ सय ८२ रुपियाँ बराबरको कारोबार भएको हो । आइतबार २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सय ९३ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज होटल समूह र म्युचुअल फण्ड क्रमशः ४.०४ र ०.१३ अंकले बढे पनि बाँकी समूह राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी १९९.३१ अंकले घटेको हो ।

घटेको बजारमा आज जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । त्यसैगरी सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ५.३३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार अरुण भ्याली हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ११ लाख ९१ ह्जार ८ सय २४.८० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

संम्बन्धित समचार

Leave a Reply