थाक्रेमा एमालेबाट पन्त र आचार्यको उम्मेद्धारी परेपछि तनाव ! के भन्छ निर्वाचन अधिकृतको कार्यालय ?

बैशाख १२,धादिङ । स्थानीय तहको निर्वाचनमा थाक्रे गाँउपालिकाबाट गाँउपालिका अध्यक्षमा एमालेको २ जनाको उम्मेद्धारी परेपछि तनाव सिर्जना भएको छ । नेकपा एमालेको तर्फबाट सुरुमा पार्टीको पालिका अध्यक्ष समेत रहेका कृष्ण पन्तले उम्मेद्धारी दिएका थिए । पन्तलाई नेकपा एमाले जिल्ला कमिटीको पदाधिकारी बैठकले थाक्रेमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

त्यसलगतै निवर्तमान गाँउपालिका अध्यक्षसमेत रहेका रामकुमार आचार्यले पनि उम्मेद्धारी दिएपछि तनाव सिर्जना भएको हो । एमालेका कार्यकर्ताले थाक्रे निर्वाचन अधिकृतको कार्यालयमा कृष्ण पन्तको उम्मेद्धारीलाई बैधानिक गर्नुपर्ने मागसहित यतिबेला धर्ना र जुलुस गरिरहेका छन् ।

आजै थाक्रेमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामप्रसाद बिडारीले अध्यक्षमा उम्मेद्धारी दिएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका नेता जिन्दगी थापाले उम्मेद्धारी दिएका छन् ।

के भन्छ निर्वाचन अधिकृतको कार्यालय ?

निर्वाचन अधिकृतको कार्यालय थाक्रेका प्रमुख महेन्द्रप्रसाद साँखीले अनलाइनकेन्द्रसंग कुराकानी गर्दै भने– दुईजना उम्मेदवार आउनुभयो, आधिकारिक हस्ताक्षरसहित दर्ता भएको छ । यतिबेला असन्त्ष्ट पक्षले दुईवटा दर्ता किन गरिस् भनेर आन्दोलन गरिरहनुभएको छ, आज उम्मेदवारी दर्ता लिने निर्वाचनको काम हो, हामी आज परेको मनोनयनलाई सिल गरेर निर्वाचन आयोगमा पठाउछौँ । बैधानिकताको विषयमा आयोगले अहिलेसम्म निर्णय गरेको छैन्, म आयोगलाई लेखी पठाउछु, आज त उम्मेदवारी लिने मात्रै हो, भोली दावी–विरोध,पर्सी जाँचबुझ,छानविन र उम्मेदवारी फिर्ता अनि अन्तिम नामावली हो । त्यतीबेला एउटा दलको एउटा पदमा एक उम्मेदवार हुन्छ । उहाँहरुको मागचाँही आजै खारेज हुनपर्छ भन्ने हो ।

संम्बन्धित समचार

Leave a Reply