साँझ साढे ६ बजेसम्म ६० हजार ९५० उमेद्वारहरुको मनोनयनपत्र दर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख १२, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ६० हजार ९५० उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।

देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ९१४ जनाले प्रमुख ९मेयर० पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर)पदमा १ हजार १७३ जनाको मनोनयन परेको छ ।

त्यसैगरी कुल ४६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ९४४ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । १३१९ जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन् ।

स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या ३ हजार ८५८ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ४९२ छ ।

देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा १५ हजार २८५ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यमा मनोनयन गर्नेको संख्या २० हजार ७३० छ । त्यस्तै ९ हजार ८९१ जनाले महिला सदस्य पदमा उमेद्वारी दिएका छन् भने ८ हजार ६९४ जनाले दलित महिला सदस्य पदमा उमेद्वारी दिएका छन् ।

विभिन्न ठाउँमा मनोनयन दर्ता गर्नेहरुको नाम अध्यावधकि गर्ने काम भइरहेको भन्दै आयोगले उम्मेदवार अझै बढ्ने् जनाएको छ ।

ताजा अपडेट

१ घण्टा अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस