आईपीएलः पन्जाबको चौंथो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख १३, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १३, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई ११ रनले हराएको छ ।

मुम्बईमा सोमबार रातिको खेलमा पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै रुतुराज गायकवाडले ३० रन जोडे । कप्तान रविन्द्र जडेजाले अविजित २१ रन बनाए ।

पन्जाबका कागिसो राबडा र ऋषि धवनले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो ।

पन्जाबका लागि शिखर धवनले अविजित ८८ रनको अर्धशतकीय इनिङ खेले । भानुका राजपाक्षेले ४२ रन जोड्दा लियाम लिभिङस्टोनले १९ रन जोडे ।

चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए ।

पन्जाबको यो चौंथो जित हो । छैटौं स्थानमा उक्लिएको पन्जाबले ८ खेलमा ८ अंक जोडेको छ । नवौं स्थानको चेन्नईको यो छैटौं हार हो । चेन्नईले ८ खेलमा ४ अंक जोडेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस