सासोउलोलाई हराउँदै युभेन्ट्सको पुनरागमन जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख १३, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १३, काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई २-१ गोल अन्तरले हराएको हो ।

युभेन्ट्सले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको ३८ औं मिनेटमा जियाकोमा रास्पाडोरीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ४५ औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८८ औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।

जितसँगै युभेन्ट्सले ३४ खेलमा ६६ अंक जोडेको छ । युभेन्ट्स चौंथो स्थानमा रहेको छ । सासोउलो ४६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस