शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १३, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १३,काठमाडौँ । आज मङ्गलवार काठमाण्डौको विभिन्न जङ्गलमा आगलागी भएको छ । अहिले बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको तारेभिर क्षेत्रमा आगलागी भइरहेको छ ।

आगो निभाउन सिम्रिक एअरको हेलिकप्टर प्रयोग गरिएको छ, हेलिकप्टरले पानी खन्याइरहेको छ । यस्तै दमकल, पानी ट्याङकर, निकुञ्जको सेना र प्रहरीको सहायतामा आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिनेशराज मैनालीले जानकारी दिए । आगो फैलिँदै गएको मैनालीले बताए ।

दिउँसो सोह्रखुट्टेको म्हेपी जङ्गलमा र टोखाको सपन तीर्थ जङ्गलमा पनि आगो लागेको थियो । टोखा र म्हेपी क्षेत्रका जङ्गलमा लागेको आगो भने निभाइसकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस