एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १५, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ ।

एकीकृत समाजवादीले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस)का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।

एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा आज नेकपा (एस)को केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभा गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस