उम्मेदवारको नामावली आज प्रकाशन हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १५, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १५, काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । मनोनयनपत्र जाँचसँगै मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरि आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ ।

आयोगका अनुसार १६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । उम्मेदवारको अन्तिम नामावली शुक्रबार नै प्रकाशन गर्ने तालिका छ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४ सय ६५ जनाले उम्मेदवारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस