मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख १५, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १५, म्याग्दी । मालिका गाउँपालिका–६ बांगेपहिरोमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दरवाङबाट बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

दुर्घटनामा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले बताए । मोटरसाइकको पछाडि बसेका मंगला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ ।

बिहान करिब ३ बजे सडकबाट मोटरसाइकल करिब १०० मिटर तल खसेको हो । दुर्घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल पुगेको छ । कालोपत्रका लागि स्तरोन्नतिको क्रममा रहेको बेनी–दरवाङ सडकको बांगे पहिरोको सडक ग्रेड नमिलेको उकालो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस