चितवनको आगलागीमा ६ वटा पसल जलेर नष्ट

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख १५, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १५, चितवन । नारायणगढस्थित कमलनगरमा एक घरमा आगलागी हुँदा ६ वटा पसल जलेका छन् । स्थानीय तुलसीराम सापकोटाको चार तले घरमा आगलागी हुँदा घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी नायव उपरीक्षक ९डिएसपी० नरहरि अधिकारीले जानकारी दिए ।

डिएसपी अधिकारीका अनुसार विद्युत् सट भएर राति २ बजेदेखि आगो लागेको हो । पहिलो तलामा सबै पसल जलेको प्रहरीले जनाएको छ । दोस्रो तलमा रहेका पसलमा पनि क्षति पुगेको छ । भरतपुर महागरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाली सेनाको दमकलले बिहान मात्रै आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीमा परेर बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, बासुदेव आचार्यको फेन्सी पसल, सूर्यमणि लामिछानेको दियालो फेन्सी पसल र विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसलमा क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।

ताजा अपडेट

खोजी गर्नुहोस