सिवाईसी नेपाल लघुवित्त आईपीओ बाँडफाँट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख १५, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आज बिहान आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले बैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० अंकित दरको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपियाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण शेयर ९आईपीओ० निष्काशन गरेको थियो ।

कूल निष्काशन मध्ये ०.५० प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता कर्मचारीको लागि, ५ प्रतिशत अर्थात् १९ हजार ७ सय ६६ कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी ३ लाख ६९ हजार ४ सय ८८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सकिने व्यवस्था थियो ।

उक्त कम्पनीको आईपीओमा २२ लाख ८४ हजार ८ सय ४९ जना जनाले २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपियाँ बराबरको २ करोड ५७ लाख ६१ हजार ९०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३६ हजार ९ सय ४० जनाले १०/१० कित्ता र ८ जनाले ११/११ कित्ताका दरले पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस