थाक्रे एमालेमा भाँडभैलो: निर्वाचनका कमाण्डर एमाले अध्यक्ष पन्तले दिए राजिनामा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख १५, बिहिबार (२ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

बैशाख १५,काठमाडौँ । धादिङको थाक्रे गाउँपालिकामा टिकट वितरणको विषयलाई लिएर एमालेभित्र तिव्र विवाद भएको हो। नेकपा एमालेको गाउँ पार्टि कमिटिका अध्यक्ष कृष्ण प्रसाद पन्तले आज साँझ एक कार्यक्रमकाबिच नेकपा एमालेको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

यसैगरी नेकपा एमालेका नेता तथा सामाजिक अभियान्ता गोकर्ण रुपाखेतीले पनि पार्टिको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएका छन् । नेकपा एमालेको जिम्मेवारीबाट राजिनमा दिएर रुपाखेतीले थाक्रेको विकास र समृद्धीको लागि स्वतन्त्र उम्मेद्वारको रुपमा जनतामा जाने बताएका छन् ।
उम्मेद्वारी मनोनयनमा कृष्ण पन्तले प्रक्रियागत रुपमा उम्मेद्वारी दिएपनि केन्द्रको ठाडो निर्देशनमा निर्वातमान अध्यक्ष रामकुमार आर्चायलाई नै आधिकारीक उम्मेदवार भएको जनाएसँगै कृष्ण पन्त र गोकर्ण रुपाखेतीले एमाले पार्टिबाट राजिनामा दिएका हुन्।

महादेववेशीमा आज साँझ एक कार्यक्रमका बिच पन्त र रुपाखेतीले एमाले पार्टिको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका हुन्। निर्वतमान अध्यक्ष रामकुमार आर्चाय र उपाध्यक्ष अम्बिका रुपाखेतीको दम्भ,घमण्ड र थिचोमिचोका कारण आफुहरुले विद्रोह गर्नु परेको बताए।

पालिका भित्र अरुलाई दास बनाउने र जनजीविकाको मुद्धालाई वास्ता नगर्ने परिपार्टीको विकास भएको कारण आगामी निर्वाचनमा अध्यक्षमा रामकृुमार आर्चाय र उपाध्यक्षमा अम्बिका रुपाखेतीलाई हराउने अभियान सन्चालन गर्ने पन्तले कार्यक्रमबाटै घोषणा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस