बैशाख १५,काठमाडौँ । नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख गोर्कण रुपाखेतीले पार्टीको जिम्मे.वारीबाट राजिनामा दिएका छन् । राजिनामा पछि उनले थाक्रे गाँउपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारीबाट चुनाव लड्ने जानकारी दिए ।
गाउँपालिकामा टिकट वितरणको विषयलाई लिएर एमालेभित्र तिव्र विवाद भएपछि रुपाखेतीले बिहिबार मात्रै पत्रकार सम्मेलन गरेर पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका छन् एमाले थाक्रेका अध्यक्ष कृष्ण पन्त र रुपाखेतीले आज संयुक्त राजिनामा दिएको घोषणा गरेका थिए ।
पत्रकार सम्मेलनमा पन्तले रुपाखेतीको चुनावी कमाण्डर बनेर निर्वाचनमा होमिने जानकारी दिए । नेकपा एमालेको जिम्मेवारीबाट राजिनामा दिएर रुपाखेतीले थाक्रेको विकास र समृद्धीको लागि स्वतन्त्र उम्मेद्वारको रुपमा जनतामा जाने बताएका हुन् ।
महादेववेशीमा आज साँझ एक कार्यक्रमका बिच पन्त र रुपाखेतीले एमाले पार्टिको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका हुन्। निर्वतमान अध्यक्ष रामकुमार आर्चाय र उपाध्यक्ष अम्बिका रुपाखेतीको दम्भ,घमण्ड र थिचोमिचोका कारण आफुहरुले विद्रोह गर्नु परेको उनले बताए।