आज उम्मेदवारी फिर्ताको अन्तिम दिन, अन्तिम नामावली प्रकाशन पनि आजै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १६, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

बैशाख १६, काठमाडौँ । बैशाख ३० गने हुने चुनावका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले शुक्रवार अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । यस्तै उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । दुई दिनमा देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।

उम्मेदवारीमाथि परेका दाबी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । शुक्रवार अपराह्नसम्म उम्मेदवारले नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन हुनेछ ।

निर्वाचन कार्यतालिका अनुसार आयोगले वैशाख १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस