आईपीएलः दिल्लीले कोलकत्तालाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख १६, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १६, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकत्तालाई हराएको छ । मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले हराएको हो ।

कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा डेभिड वार्नरले ४२ रन जोडे । यस्तै रोभम्यान पावेलले अविजित ३३ रन जोड्दा अक्षर पटेलले २४ रन बनाए ।

ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे ।

कोलकत्ताका उमेश यादवले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । कोलकत्ताका लागि नितिश रानाले ५७ रनको अर्धशतकीय इनिङ खेले । कप्तान श्रेयस एयरले ४२ रन जोड्दा रिन्कु सिंहले २३ रन जोडे ।

दिल्लीका कुलदिप यादवले ४ तथा मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।

जितसँगै दिल्लीले ८ खेलमा ८ अंक जोडेको छ । दिल्ली छैटौं स्थानमा उक्लिएको छ । कोलकत्ताले ९ खेलमा ६ अंक जोडेको छ । कोलकत्ता आठौं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस