रेडपाण्डा संरक्षणकर्मी लामालाई ‘ह्वीटली अवार्ड’

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख १६, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १६, काठमाडौँ । ताप्लेजुङको यामफुदिनका सोनाम लामाले विश्व प्रतिष्ठित हवीट्ली फन्ड फर नेचर (डब्लूएफएन) अवार्ड पाएका छन् । बुधबार राति लण्डनमा आयोजित समारोहमा लामालाई ४० हजार पाउण्ड (करिब ६२ लाख नेपाली रुपैयाँ)सहित सो अवार्ड प्रदान गरिएको हो ।

डब्लूएफएनका संरक्षक सर डेभिड एटनबर्गको उपस्थितीमा बेलायती राजकुमारी एनले रेड पाण्डा संरक्षणकर्मी लामालाई अवार्ड प्रदान गरिन् । यो अवार्ड अन्य ५ जनालाई पनि पनि प्रदान गरिएको थियो ।

अवार्ड पाएपछि खुसी व्यक्त गर्दै लामाले यो रकम रेड पाण्डाको बासस्थान सुधार, अवैध चोरीतस्करी नियन्त्रण र जनचेतनामुलक काममा खर्च गर्ने बताए ।

यसअघि ह्वीटली अवार्ड नेपालका वरिष्ठ चराविद् हेमसागर बरालले सन् २००५ मा पाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस