बैशाख १६, काठमाडौँ । हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको हो ।
सर्केगाड गाउँपालिका-६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए ।
उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल-ढोका बन्द रहेको र उनी भूइँमा मृत फेला परेको ओझाले बताए । घटनाबारे कारण खुल्न सकेको छैन ।
यस्तै, रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो ।
सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले पनि घाइते भएकी छन् । घरमा आगलागी समेत भएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।