हिमालयन हाइड्रोले बैशाख २५ गतेदेखि आइपीओ निष्काशन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख १६, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

बैशाख १६, काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आइपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्तादेखि  अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशन बन्द छिटोमा जेठ ८ गते हुनेछ भने ढिलोमा जेठ २३ गते हुनेछ ।

कम्पनीलाई इक्रा नेपालले  इक्राएनपी आर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाएको कम्पनीहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ ।

आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

ताजा अपडेट

१ घण्टा अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस