आलमविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १६, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख १६,काठमाडौँ । पूर्वमन्त्री अफताब आलमविरुद्धको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी ‘हेर्दाहेर्दै’मा रहेको मुद्दाको सुनुवाइ आज हुँदैछ । सुनुवाइका लागि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ । तर, यसअघि पटक पेसी तोकिए पनि एकपटक पनि सुनुवाइ भएकै छैन । मुद्दा सात पटक स्थगित, पाँच पटक हेर्न नमिल्ने र चार पटक हेर्न नभ्याइने भनिएको छ ।

जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगन्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए । २०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्यूँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।

ताजा अपडेट

खोजी गर्नुहोस