थाक्रे गाँउपालिकामा गठबन्धन धरापमा ! कांग्रेसको तिव्र असन्तुष्टि

बैशाख १६,धादिङ । थाक्रे गाँउपालिकामा गठबन्धन धरापमा परेको कांग्रेस नेताहरुले बताएका छन् । नेपाली कांग्रेस थाक्रे गाँउपालिका समितीका सचिव विष्णु प्रसाद लुइटेलले नेकपा माओवादी केन्द्रले बागी उम्मेदवार उठाएको भन्दै गठबन्धन धरापमा परेको बताएको हो । लुइटेलले थाक्रे वडा नम्बर ७ र वडा नम्बर १ मा बागी उम्मेदवार उठाएकोे गठबन्धनमा समस्या परेको बताए ।

उनले माओवादी केन्द्रले तत्काल बागी उम्मेदवारलाई फिर्ता लिन नलगाए गठबन्धन टुटेको घोषणा गर्न कांग्रेस बाध्य हुने बताए । पालिकामा नेपाली काङ्ग्रेसले वडा नम्बर १,३ र ११ माओवादी केन्द्रले २,५,६ र ९ नेकपा एकिकृत समाजवादीले ४,७,८,र १० नम्बर वडा लिने सहमती भएको थियो ।

गाँउपालिका अध्यक्षमा भने नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले लिने सहमती भएको थियो । यद्यपी आजै पाँच दलको बालुवाटारमा भएको बैठकमा बागी उम्मेदवारी पनि तत्काल फिर्ता लिने निर्णय गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply