आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १७, शनिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरूलाई आज चुनाव चिह्न प्रदान गर्ने भएको छ । निर्वाचन कार्यतालिकाअनुसार आयोगले आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो ।

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबार अन्तिम नामावली प्रकाशन गरेको थियो । शुक्रबार उम्मेदवारी फिर्ताको अवधि सकिएलगत्तै आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो ।

आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएको थियो । स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा मतदान हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस