लखनउले पन्जाबलाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख १७, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले पन्जाब किङ्सलाई हराएको छ । पुनेमा शुक्रबार राति भएको खेलमा लखनउले पन्जाबलाई २० रनले हराएको हो ।

लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि जोनी बेयर्सटोले ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए । ऋषि धवन २५ रनमा अविजित रहदा लियाम लिभिङस्टोनले १८ रन जोडे ।

लखनउका मोसिन खानले ३ तथा दुश्मन्था चामिरा र कुर्नाल पान्डयले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो । लखनउका लागि क्विन्टन डी ककले ४६ रन जोड्दा दिपक होडाले ३४ रन बनाए ।

पन्जाबका कागिसो राबडाले ४ तथा राहुल चाहरले २ विकेट लिए ।

लखनउको यो छैटौं जित हो । लखनउले ८ खेलमा १२ अंक जोडेको छ । लखनउ तेस्रो स्थानमा उक्लिएको छ । पन्जाबले ९ खेलमा ८ अंक जोडेको छ । पन्जाब सातौं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस