नेपालले आज जिम्बावे ‘ए’ को सामना गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख १७, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १७, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिबार पहिलो एकदिवसीय अन्तर्गत जिम्बावे ‘ए’ विरुद्ध खेल्दैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।

नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो ।

नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ । टी-ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस