स्टार्सवर्गसँग पीएसजीको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख १७, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १७, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । शुक्रबार रातिको खेलमा पीएसजी घरेलु टोली स्टार्सवर्गसँग ३-३ गोलको बराबरी गरेको हो ।

केभिन गामिरोले तेस्रो मिनेटमा गोल गर्दै स्टार्सवर्गलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए ।

खेलको ६४ औं मिनेटमा हाकिमी अच्राफले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-१ को अग्रता दिलाए ।

७५ औं मिनेटमा पीएसजीका मार्को भेराट्टीले आत्मघाती गोल गरेपछि खेल ३-२ को स्थितिमा आयो । त्यसपछि खेलको इन्जुरी समयमा घरेलु टोलीका एन्थोनीले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकियो ।

यस बराबरीसँगै पीएसजीले ३५ खेलमा ७९ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । स्टार्सवर्ग ५७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस