केशव स्थापितलाई ४५ संघसंस्थाले गरे कारबाहीको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १७, शनिबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाडौं । नेकपा एमालेबाट काठमाडौंका मेयरका उम्मेदवार केशव स्थापितको अभिव्यक्तप्रति ४५ वटा अधिकारवादी संघसंस्थाले आपत्ति जनाएका छन् ।

एक सार्वजनिक कार्यक्रममा स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाललगायतका ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बारबाही गर्न माग गरेका हुन् ।

‘‘‍यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

स्थापितको अभिव्यक्ति संविधानमा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको हक, समानताको हक, शोषणविरूद्धको हक र सामाजिक न्यायको हकविरूद्ध भएको अधिकारवादी संघसंस्थाको ठहर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस