स्थानीय चुनावः चार हजारभन्दा धेरैको उम्मेदवारी फिर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख १७, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजार जनाले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई शुक्रबार बेलुकी ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।

निर्वाचन आयोगका अनुसार तथ्याङ्क सङ्कलनको काम भइरहेकाले फिर्ता लिनेको सङ्ख्या थपघट हुन सक्नेछ । आयोगले ७ सय ५३ स्थानीय तहका लागि देशभरबाट एक लाख ५३ हजार २ सय २० जना उम्मेदवार छन् ।

यस्तै, गठबन्धनप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका धेरैले उम्मेदवारी फिर्ता लिएका छैनन् । भरतपुरमा कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी कायम राखेपछि त्यहाँको चुनाव रोचक हुने देखिएको छ । पौडेलको उम्मेदवारी फिर्ता लिन निकै कोसिस भएको थियो ।

यस्तै पोखरामा कांग्रेसका नेता विमल कार्कीले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता र्लिएका छैनन् । गठबन्धनको तर्फबाट चितवन माओवादी केन्द्र र पोखरामा एकीकृत समाजवादीको भागमा परेको थियो ।

यस्तै जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार मनोज साहले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस