७६ जिल्लाको मतपत्र छपाइ सकियो, ४३ जिल्लामा ढुवानी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख १७, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाडौं । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको जनाएको छ ।

आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई भइसकेको जनाएको हो । ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र भने उम्मेदवारले चुनाव चिह्न पाइसकेपछि छाप्ने आयोगले जनाएको छ ।

कायम रहेका दल तथा स्वतन्त्र उम्मेदवारको मात्रै चुनाव चिह्न राखेर मतपत्र छाप्नका लागि यसो गरिएको आयोगले जनाएको छ । आयोगले छापिएका मतपत्र धमाधम सम्बन्धित जिल्लामा पठाइरहेको छ ।

हालसम्म ४३ जिल्लाका ७५ लाख ७३ हजार मतपत्र ढुवानी भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मनाङ र मुस्ताङमा भने हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस