अटेरी अभियानका उम्मेदवार पौडेलको ‘लौरो’ खोसियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १७, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १७, काठमाडौँ । पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको अटेरी अभियानले प्राप्त गरेको चुनाव चिन्ह ‘लौरो’ खोसिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गर्दा अटेरी अभियानका उम्मेदवार गनेश पौडेलले ‘लौरो’ चिन्ह पाएका थिए ।

निर्वाचन आयोगले चुनाव चिन्ह पाएको केही घण्टामा आफूहरूलाई ‘लौरो’ दिन नमिल्ने भन्ने भन्ने प्रकारको फोन आएको उम्मेदवार पौडेलले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन् ।

‘अभियानबाट त्रसित दलको प्रभावमा निर्वाचन आयोगले हामीलाई ३ घण्टा अघि नै प्रदान गरेको चुनाव चिन्ह ‘लौरो’ लाई अहिले आएर ‘दिन नमिल्ने’ भन्ने प्रकारको फोन जानकारी गराएको छ’, उनले फेसबुकमा लेखेका छन् ।

उनले अभियानमा संलग्न भएर पोखराका विभिन्न पदमा उम्मेदवारी दिएका सबैलाई नयाँ बजार स्थित कार्यालयमा उपस्थित हुनका लागि आह्वान गरेका छन् ।

अभियानबाट त्रसित दलको प्रभावमा निर्वाचन आयोगले आफूहरूलाई तीन घण्टा अघि नै प्रदान गरेको चुनाव चिन्ह ‘लौरो’ लाई अहिले आएर ‘दिन नमिल्ने’ भन्ने प्रकारको फोन जानकारी गराएको र आफैले दिएको सूची मध्येबाट पाएको चिन्हलाई ‘दिन नमिल्ने’ भनेर निर्वाचन आयोगले भन्नु आयोग ‘निष्पक्ष’ नरहेको संकेत दिएको पौडेलले बताएका छन् ।

यसबारेमा शनिवार साँझ अबेर सम्ममा पत्रकार सम्मेलनको गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस