आठ हजार उम्मेदवारको उम्मेदवारी फिर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १७, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १७, काठमाडौँ । निर्वाचन आयोगले पालिका तह चुनावमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिए । उनले अहिले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने काम सकिएको बताए ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार अपरान्ह ५ बजेसम्म चुनावका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो । शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो ।

स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते सम्पन्न हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस