कस्तो रहनेछ आजको मौसम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १८, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १८, काठमाडौँ । हाल देशमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । आज (आइतबार) सातै प्रदेशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस